Techie IT
२०८२ भाद्र १७, मंगलबार

नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन औपचारिक रूपमा सुरु


काठमाडौं । मेटाले नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरका लागि कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। कम्पनीले ईमेलमार्फत प्रयोगकर्तालाई यो सुविधा नेपालमा सुरु भएको जानकारी दिइरहेको छ।

यससँगै नेपाली कन्टेन्ट क्रियटरका लागि डिजिटल माध्यमबाट आम्दानी गर्ने नयाँ ढोका खुलेको छ। अब योग्य प्रयोगकर्ताले आफ्नो स्थानीय बैंक खातामार्फतै फेसबुकको आम्दानी प्राप्त गर्न सक्नेछन्।

मेटाका अनुसार पेआउट अकाउन्ट सेटअप गर्दा ‘नेपाल’ देशको रुपमा छान्न सकिनेछ र त्यसमा आफ्नै बैंक खाताको विवरण राख्नुपर्नेछ। यसरी सेटअप गरेपछि क्रियटरले कमाइ सिधै नेपाली बैंक खातामै लिन सक्नेछन्।

तर, हाललाई मेटाले सबैलाई स्वतः यो सुविधा नदिने बताएको छ। कम्पनीले योग्य क्रियटरलाई ‘इनभाइट–अनली’ प्रक्रियामार्फत मात्र समावेश गर्दैछ। यसरी आमन्त्रित क्रियटरले मेटा बिजनेस सुइट वा प्रोफेसनल ड्यासबोर्डबाट पेआउट सेटअप गर्न सक्नेछन्।

मेटाले स्पष्ट पारेअनुसार, निरन्तर नीति पालना गर्ने, मौलिक कन्टेन्ट उत्पादन गर्ने र कुनै मापदण्ड उल्लङ्घन नगर्ने क्रियटरलाई मात्र भुक्तानी उपलब्ध गराइनेछ।

फेसबुकले भिडिओ, रिल्स, स्टोरी र टेक्स्ट–फोटोका आधारमा आय निर्धारण गर्नेछ । भिडिओमार्फत आम्दानी गर्नका लागि भने कम्तीमा १५ सेकेन्डको हुनुपर्नेछ ।

यदि कपिराइट उल्लङ्घन, ब्रान्डेड कन्टेन्टमा समस्या, अयोग्य भाषा प्रयोग, अनधिकृत इन्गेजमेन्ट बढाउने कार्य वा एड्स डिसेबल गरिएको छ भने त्यस्ता पेजले कमाउन नपाउने फेसबुकले जनाएको छ । अरुको कन्टेन्ट प्रयोग गरिएको छ र त्यसमा तेस्रो पक्षले दाबी गरेमा त्यस्तो आम्दानी तेस्रो पक्षले पाउने व्यवस्था पनि गरिएको छ ।

पेज योग्य छ कि छैन भन्ने जान्नका लागि फेसबुक पेज खोलेर प्रोफेसनल ड्यासबोर्डमा गएर मनिटाइजेसन अप्सन हेर्न सकिन्छ । त्यसपछि टर्म्स एन्ड कन्डिसन एसेप्ट गरी बैंक विवरण भरेर सेटअप पूरा गर्न सकिन्छ । कम्प्युटर प्रयोगकर्ताले भने मेटा बिजनेस सुइटमार्फत यही प्रक्रिया अपनाउन सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट