Techie IT
२०८२ भाद्र २२, आइतबार

सामाजिक सञ्जाल दर्ता गर्न के-के कागजात चाहिन्छ ?


सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि केही सञ्जाल सूचीकरण प्रक्रियामा प्रवेश गरेका छन् भने केहीले आवश्यक कागजात पेस गर्न मागेका छन्।

सरकारको बिहीबारको निर्देशनपछि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालहरू क्रमशः निष्क्रिय पार्न थालेका छन्।

दर्ता गर्न के-के कागजात चाहिन्छ ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सामाजिक सञ्जालको रूपमा सूचीकरण हुन निम्न कागजात आवश्यक पर्छः

निवेदन : नेपाल सरकारले तोकेको प्रारूपअनुसार निवेदन पेस गर्नुपर्नेछ।

फोकल पर्सन : नेपालभित्र एक जना फोकल पर्सन तोक्नुपर्छ, जसको ठेगाना र सम्पर्क नम्बर पनि बुझाउनुपर्नेछ।

कम्पनी दर्ता प्रमाणपत्र : कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि।

कर (ट्याक्स) वा प्यान नम्बर : कम्पनीको कर दर्ता वा प्यान नम्बरसम्बन्धी विवरण।

बिजनेस सिनोप्सिस : नेपालमा गर्ने व्यवसायका उद्देश्य र विवरण समेटिएको संक्षिप्त विवरण।

यी सबै कागजात बुझाएपछि सरकारले जाँच गर्नेछ। अपुग भए थप कागजात मागिनेछ। सबै प्रक्रिया पूरा भए सूचीकरण सहजै हुने प्रवक्ता ठाकुरले बताएका छन् ।

सूचीकरणपछि सम्बन्धित कम्पनी नेपाल सरकारको नियमनअन्तर्गत आउनेछ। संविधानले बर्जित गरेका सामग्री (जस्तै, राष्ट्रिय अखण्डता विपरीतका गतिविधि, जातीय विभेद आदि) मा ध्यान दिनुपर्ने उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट