Techie IT
२०८२ भाद्र २४, मंगलबार

Facebook Ban/Gen-z Protest

१९ आमाका काख रित्तिएपछि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइयो

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गत १९ भदौमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय बैठकमार्फत गरेको थियो।


सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध खुलाउने निर्णय गरेको जानकारी सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दिएका छन्।

गुरुङका अनुसार मन्त्रिपरिषद्को निर्णयसँगै सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आइसकेका छन्। तर सामाजिक सञ्जाल बन्द गर्ने अघिल्लो निर्णयबारे सरकारले कुनै पश्चाताप नगरेको उनले स्पष्ट पारे। “यही बहानामा आन्दोलन बढेकाले खोल्ने निर्णय गरिएको हो,” मन्त्री गुरुङले भने।

यसअघि प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालमध्ये ‘एक्स’ (Twitter/X) ले नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध जवाफ दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका थिए। एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नगर्ने अडान लिएको छ।

प्रधानमन्त्री ओलीले भने, “डेढ वर्षदेखि दर्ता गर भनेर भनिरहेका थियौं। नेपालको कानुन मान्न भनेका थियौं। यो हाम्रो राष्ट्रिय स्वाभिमानसँग जोडिएको कुरा हो। तर उनीहरूले अपमान गर्नेगरी जवाफ दिए। यस्तो अवस्थामा सामाजिक सञ्जाल खोलिदिने हो भने त्यो राष्ट्रको अपमान हुनेछ।”

यता, जेनजी पुस्ताले गरेको विरोध प्रदर्शनका क्रममा सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए। चर्को आन्दोलन र सत्तारुढ दलभित्रै दबाब बढेपछि अन्ततः सरकारले आफ्नो निर्णय फिर्ता लिएको हो।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गत १९ भदौमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय बैठकमार्फत गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट