Techie IT
२०८२ फागुन २७, बुधबार

१५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने फ्रान्सको तयारी


फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रिया छिटो अघि बढाइने प्रतिबद्धता शनिबार पुनः दोहोर्‍याएका छन्।

बीएफएम टेलिभिजनमा प्रसारण गरिएको आफैंले रेकर्ड गरेको भिडियो सन्देशमा उनले भने, “मैले सरकारलाई द्रुत प्रक्रिया सक्रिय गर्न भनेको छु ताकि यो सकेसम्म चाँडो पार गर्न सकियोस्।”

म्याक्रोँले उक्त प्रतिबन्ध आगामी शैक्षिक सत्र अर्थात् सेप्टेम्बरको सुरुदेखि लागू गर्न चाहेको पनि बताए।

फ्रान्सका सांसदहरूले यससम्बन्धी विधेयकमाथि छलफल गरिरहेका छन्। सामाजिक सञ्जालको प्रयोग नियन्त्रण गर्ने दिशामा अस्ट्रेलियाले गत महिना पहिलो पटक १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय तथा लत लाग्ने प्लेटफर्म प्रयोग गर्न नदिने निर्णय गरेको थियो।

यससम्बन्धी विधेयकको मस्यौदा सोमबार फ्रान्सेली संसदमा पेश गरिने तयारी रहेको छ।

म्याक्रोँले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँचमा प्रतिबन्ध लगाउनुका साथै विद्यालयमा मोबाइल फोन ल्याउनसमेत रोक लगाउने प्रस्तावलाई समर्थन गरेका छन् ।

“हाम्रा बालबालिका र किशोरकिशोरीको सोच–विचार कुनै विदेशी प्लेटफर्म वा अल्गोरिदमले नियन्त्रण गर्ने वस्तु होइन,” राष्ट्रपति म्याक्रोँको भनाइ थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट