नेपाल टेलिकमको ‘ग्रुप एसएमएस’ सेवा : एकै पटक १० हजारसम्म सन्देश पठाउन सकिने
नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि एकै पटक धेरै व्यक्तिलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने विशेष सेवा सञ्चालनमा रहेको जनाएको छ।
यस सेवा अन्तर्गत ग्राहकले एकै पटक २ हजार, ५ हजार र १० हजार वटासम्म एसएमएस पठाउन सक्नेछन्।
उपलब्ध प्याकेज र शुल्क
२ हजार एसएमएस : १,२४३ रुपैयाँ
५ हजार एसएमएस : ३,१०८ रुपैयाँ
१० हजार एसएमएस : ६,२१५ रुपैयाँ
यो सेवा प्रयोग गर्न मोबाइल, डेस्कटप वा ल्यापटपबाट टेलिकमको ग्रुप एसएमएस पोर्टल (groupsms.ntc.net.np) मा लगइन गरी आवश्यक प्याकेज खरिद गर्न सकिन्छ।
टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार सन्देश पठाउनुपर्ने नम्बरहरूको सूची एक्सेल फाइलमार्फत अपलोड गरी सहज रूपमा सामूहिक सन्देश पठाउन सकिन्छ।
यस सेवाले संस्थागत सूचना, प्रचार–प्रसार तथा कार्यक्रमसम्बन्धी जानकारी छिटो र प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने विश्वास टेलिकमले व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस