Techie IT
२०८३ वैशाख १४, सोमबार

डा. भट्टराईको फेसबुक पेज गायब, पुनःप्राप्तिका लागि प्रयास जारी


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा प्राविधिक समस्या देखिएको छ ।

भट्टराईको सचिवालयका अनुसार फेसबुक पेजमा समस्या देखापरेको हो । सचिवालयले एक विज्ञप्ति जारी गर्दै पेजमा आएको अवरोधबारे जानकारी गराएको छ ।

‘पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ,’ सचिवालयले जनाएको छ, ‘हाल पेज पुनःप्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको छ ।’

सचिवालयले पेज पुनःसञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको र समस्या समाधानका लागि काम भइरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट