नक्कली कनेक्ट आइपिएस लिंकबाट बैंक खातामा डकैती बढ्दै
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप र प्रणालीको दुरुपयोग गर्दै बैंक तथा वित्तीय संस्थाका खाताबाट रकम चोरी भइरहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
ब्यूरोका अनुसार केही व्यक्तिहरूले connectIPS सँग मिल्दोजुल्दो नाम प्रयोग गरी मोबाइल नम्बरबाट भ्रामक सन्देश (अलर्ट) पठाउने गरेको पाइएको छ। यस्ता सन्देशमार्फत प्रयोगकर्तालाई ‘फिसिङ लिंक’ पठाइ व्यक्तिगत विवरण लिने र बैंक खातामा अनधिकृत पहुँच पुर्याउने गतिविधि बढ्दो क्रममा रहेको जनाएको छ।
प्रवक्ता दिलीपकुमार गिरी का अनुसार यस्ता फिसिङ आक्रमणमार्फत ठूलो मात्रामा रकम चोरी हुने जोखिम बढेको छ। उनले अपरिचित वा शंकास्पद लिंक नखोल्न, व्यक्तिगत विवरण नदिन र सचेत रहन आग्रह गरेका छन्।
सीआईबीले डिजिटल कारोबार गर्दा आधिकारिक एप तथा वेबसाइट मात्र प्रयोग गर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस