Techie IT
२०८३ जेष्ठ ३०, शनिबार

फेसबुक र इन्स्टाग्राममा कसरी आयो प्राविधिक संकट ?

प्रारम्भिक चरणमा मेटा कम्पनीले समस्याबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको थिएन भने अवरोधको वास्तविक कारण पनि खुल्न सकेको थिएन।


सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा शुक्रबार साँझ एक्कासि प्राविधिक समस्या देखिएपछि विश्वभरका लाखौँ प्रयोगकर्ता प्रभावित भएका थिए । नेपालसहित विभिन्न देशका प्रयोगकर्ताहरूले लगइन गर्न, पोस्ट हेर्न तथा सन्देश पठाउन कठिनाइ भोगेका थिए।

काठमाडौं उपत्यकासहित देशभरका प्रयोगकर्ताले फेसबुक अकाउन्ट नखुल्ने, तस्बिर तथा भिडियो लोड नहुने र मेसेन्जरमार्फत सन्देश आदानप्रदान गर्न नसकिएको गुनासो गरेका थिए। समस्या नेपालमा मात्र नभई विश्वका विभिन्न मुलुकमा एकैसाथ देखिएको थियो।

प्रयोगकर्ताहरूका अनुसार धेरै अकाउन्टमा ‘Account Temporarily Unavailable’ अर्थात् ‘अकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको थियो। फेसबुक र इन्स्टाग्रामको फिड लोड नहुने, मोबाइल एप तथा डेस्कटप संस्करणमा ‘ब्ल्याक स्क्रिन’ मात्र देखिने समस्या पनि आएको थियो।

यस्तै, फेसबुक मेसेन्जरमा सन्देश पठाउन र प्राप्त गर्न अवरोध भएको थियो। कतिपय प्रयोगकर्ताको अकाउन्ट स्वतः लगआउट भएको र पुनः लगइन गर्दा ‘Sorry, Something Went Wrong’ जस्ता सन्देश देखिएको थियो।

प्रारम्भिक चरणमा मेटा कम्पनीले समस्याबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको थिएन भने अवरोधको वास्तविक कारण पनि खुल्न सकेको थिएन।

यद्यपि, केही घण्टापछि फेसबुक, इन्स्टाग्राम र मेसेन्जरको सेवा पुनः सञ्चालनमा आएको छ। मेटाले अधिकांश समस्या समाधान भइसकेको र सेवा क्रमशः सामान्य अवस्थामा फर्किरहेको जनाएको छ।

तर, इन्स्टाग्रामको मेसेन्जर एपीआई, मेटा बिजनेस सुइट, मेसेन्जर प्लेटफर्म, ह्वाट्सएप बिजनेस प्लेटफर्म तथा फेसबुक विज्ञापन व्यवस्थापन प्रणाली (Ads Manager) मा भने अझै केही प्राविधिक समस्या बाँकी रहेको कम्पनीले जनाएको छ।

विश्वभर एकैपटक देखिएको यस अवरोधले लाखौँ प्रयोगकर्तालाई प्रभावित बनाएको थियो भने मेटाका सेवाको विश्वव्यापी निर्भरताबारे पुनः चर्चा सुरु भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट