Techie IT
२०८३ श्रावण ३०, शनिबार

चिनियाँ बजार कब्जा गर्न एप्पल र अलिबाबाको सहकार्य, विशेष एआई मोडल तयार


चिनियाँ बजारमा आफ्नो पकड बलियो बनाउन एप्पलले अलिबाबासँगको सहकार्यमा विशेष ‘लार्ज ल्याङ्ग्वेज मोडल’ (LLM) तयार गरेको छ। यसअघि चीनमा तेस्रो पक्षका मोडलमा निर्भर रहँदै आएको एप्पलले अब आफ्नै स्वामित्वको एआई मोडल ल्याउने तयारी गरेको छ।

गोप्य राखिएको यो परियोजना अनुसार, चिनियाँ प्रविधि कम्पनी अलिबाबाको सहयोगमा यो एआई मोडलको विकास तथा प्रशिक्षण गरिएको हो। यसअघि चीनमा अमेरिकी एआई मोडलहरू (जस्तै– च्याटजीपीटी र क्लाउड) प्रतिबन्धित रहेका कारण एप्पलले स्थानीय साझेदारहरूप्रति निर्भर हुनुपरेको थियो।

चीनको इन्टरनेट नियामक संस्था ‘साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना’ (CAC) ले गत महिना एप्पलको जेनेरेटिभ एआई सेवालाई दर्ता गरेसँगै आईफोनमा ‘एप्पल इन्टेलिजेन्स’ भित्र्याउने बाटो खुलेको छ। आगामी केही महिनाभित्र ‘आईओएस’ (iOS) को नयाँ अपडेटमार्फत यो सेवा चीनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

पछिल्लो समय हुवावे जस्ता चिनियाँ ब्रान्डहरूले एआई सुविधायुक्त स्मार्टफोनमार्फत बजार कब्जा गरिरहेका बेला एप्पलको यो कदमले प्रतिस्पर्धामा टिकिरहन ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ। कडा चिनियाँ नियामकीय अवरोधहरू पार गर्दै आफ्नै स्वामित्वको एआई मोडल सञ्चालन गर्ने स्वीकृति पाउने एप्पल पहिलो विदेशी कम्पनी बन्ने सम्भावना पनि बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट