Techie IT
२०८३ कार्तिक ६, बिहीबार

सिद्धार्थ बैंकको वेबसाइट तथा अनलाइन सेवा अस्थायी रूपमा बन्द


वेब प्रविधि (पीएचपी) मा देखिएको विश्वव्यापी सुरक्षा संवेदनशीलता र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ बैंकले आफ्ना आधिकारिक वेबसाइट तथा अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। बैंकले एक सूचना जारी गर्दै ग्राहकवर्गमा पर्ने असुविधाप्रति क्षमा माग्दै सेवाहरू बन्द गरिएको जानकारी गराएको हो।

बैंकद्वारा जारी सूचनामा भनिएको छ, “हाल विश्वव्यापी रूपमा वेब प्रविधि (पीएचपी) मा सुरक्षा संवेदनशीलता तथा हुन सक्ने जोखिमहरूलाई मध्यनजर गर्दै हाललाई बैंकको आधिकारिक वेबसाइट तथा अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी गराउँदछौँ।”

पछिल्लो समय पीएचपी प्रविधिमा देखिएका गम्भीर सुरक्षा त्रुटिहरूका कारण नेपालका सरकारी वेबसाइटहरूसँगै बैंक तथा वित्तीय संस्थाले समेत सतर्कता अपनाउन थालेका छन्। सिद्धार्थ बैंकले हाल जोखिम मूल्याङ्कनको काम भइरहेको जनाएको छ। प्रणालीलाई पूर्ण रूपमा सुरक्षित बनाएर यथाशीघ्र सबै अनलाइन सेवाहरू पुनः सुचारु गरिने बैंकले प्रस्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट