Techie IT
२०८३ असार २४, बुधबार

नासाद्वारा अन्तरिक्ष स्टेशन मिसनका लागि नयाँ चालक दलको सूची सार्वजनिक


नासाले शुक्रबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आफ्नो आगामी अभियानका लागि चार सदस्यीय चालक दलको अनावरण गरेको छ ।

‘क्रू–११’ मिसनमा नासाका अन्तरिक्ष यात्री जेना कार्डम्यान र पाइलट माइक फिन्के रहेको नासाले जनाएको छ । मिसनमा जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी अन्तरिक्ष यात्री मिसन विशेषज्ञ किमिया युई र रोस्कोसमोस अन्तरिक्ष यात्री मिसन विशेषज्ञ ओलेग प्लेटोनोभ सामेल हुनेछन् ।

नासाका अनुसार यो मिसन जुलाई सन् २०२५ भन्दा पहिले प्रक्षेपण हुने तय गरिएको छ । यो उडान नासाको व्यावसायिक क्रू कार्यक्रमको एक भागको रूपमा स्पेसएक्ससँग स्टेशनमा ११ औं क्रू रोटेशन हो ।

नासा चालक दलले वैज्ञानिक अनुसन्धान र टेक्नोलोजी प्रदर्शनहरू सञ्चालन गर्ने जनाएको छ । यसले मानवहरूलाई भविष्यको चन्द्रमा मिसनहरूको लागि तयार गर्न मद्दत गर्नेछ, साथै पृथ्वीका मानिसहरूलाई पनि फाइदा पुर्‍याउँनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट