Techie IT
२०८२ असार २, सोमबार

डिजिटल क्षेत्रमा चीनको तीव्र विकासः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा


 चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म चीनमा पाँच करोड सत्तरी लाखभन्दा बढी निजी व्यवसायहरू दर्ता भएका छन्, जुन देशभरका कुल व्यवसायहरूको ९२.३ प्रतिशत हो ।

सालको पहिलो त्रैमासिकमा मात्रै उन्नाइस लाख उनान्सय हजार नयाँ निजी कम्पनीहरू स्थापना भएका छन्, अघिल्लो वर्षको तुलनामा ७.१ प्रतिशतले बढी। तीमध्ये ४० प्रतिशतभन्दा बढी व्यवसायहरू प्रविधि, नयाँ उत्पादन र व्यापार मोडलसँग सम्बन्धित छन् ।

डिजिटल अर्थतन्त्रको क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ। जनवरीदेखि मार्चसम्म दुई लाख चौंहत्तर हजार नयाँ डिजिटल सम्बन्धित निजी कम्पनीहरू दर्ता भएका छन्, जुन पहिलो त्रैमासिकका कुल नयाँ कम्पनीहरूको १३.९ प्रतिशत हो ।

सरकारले नीति, कानुन तथा संवादमार्फत निजी क्षेत्रलाई थप सशक्त बनाउन पहल गरिरहेको छ। यसले देशको निजी क्षेत्रलाई नवप्रवर्तन, रोजगारी र समग्र आर्थिक वृद्धिको मुख्य आधार बनाइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट