Techie IT
२०८२ जेष्ठ २८, बुधबार

दक्षिण चीन सागरमा सुनामी पूर्वानुमान केन्द्र सञ्चालन

केन्द्रले दक्षिण चीन सागर आसपासका मुलुकहरूलाई सुनामी, समुद्री ताप लहरजस्ता जोखिमहरूबारे समयमै जानकारी दिनेछ ।


चीनले दक्षिण चीन सागर क्षेत्रका लागि ‘साउथ चाइना सी सुनामी एडभाइजरी सेन्टर’ सञ्चालनमा ल्याएको छ । सुनामीजस्ता समुद्री प्रकोपबारे प्रारम्भिक चेतावनी दिने उद्देश्यसहित चीनले यो केन्द्र सञ्चालनमा ल्याएको हो ।

यो केन्द्र चीनको हेनान प्रान्तको सान्यामा अवस्थित छ । यसलाई चीनको राष्ट्रिय समुद्री वातावरण पूर्वानुमान केन्द्र तथा हाइनान प्रान्तीय महासागर प्रशासनको सहकार्यमा स्थापना गरिएको हो । केन्द्रले दक्षिण चीन सागर आसपासका मुलुकहरूलाई सुनामी, समुद्री ताप लहरजस्ता जोखिमहरूबारे समयमै जानकारी दिनेछ ।

यससँगै चीनले गहिरो समुद्रमा वैज्ञानिक अनुसन्धान तथा प्राविधिक आविष्कारलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित गहिरो समुद्र परीक्षण बोर्ड पनि गठन गरेको छ ।

दक्षिण चीन सागर क्षेत्र एक संवेदनशील र विवादित क्षेत्र हो, जहाँ चीनले लगभग पूरै क्षेत्रफलमा दाबी गर्दै आएको छ । तर यो दाबीमाथि फिलिपिन्स, भियतनाम, मलेसिया र ताइवान लगायतका देशहरूसँग लामो समयदेखि विवाद रहँदै आएको छ ।

वैज्ञानिकहरूका अनुसार दक्षिण चीन सागरको जटिल भूगर्भीय बनावटका कारण यस क्षेत्रमा सुनामी तथा अन्य समुद्री प्रकोपको सम्भावना उच्च छ । यहाँ सक्रिय भूकम्पीय दरारहरू रहेका कारण बारम्बार समुद्रमुनि भूकम्प आउने गर्छन् ।

चिनियाँ अधिकारीहरूका अनुसार नयाँ सुनामी केन्द्रले प्रारम्भिक चेतावनीमात्र होइन, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यको मञ्चको रूपमा समेत कार्य गर्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट