Techie IT
२०८३ भाद्र १, सोमबार

औषधी व्यवसायी थापाको हत्यामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ


जाजरकोटमा कुटपिट गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, कुटपिटबाट गम्भीर घाइते भएका दैलेखको नारायण नगरपालिका घर भई जाजरकोटको भेरी नगरपालिका-११, जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपककुमार थापाको उपचारका क्रममा मृत्यु भएको हो।

गत साउन २५ गते रातिको समयमा भेरी नगरपालिका-१०, नुवागाउँमा थापालाई भेरी नगरपालिका-८ बस्ने ३३ वर्षीय वीरेन्द्र खत्रीसहितको समूहले हातपात तथा कुटपिट गरेको थियो। कुटपिटबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि मिसन अस्पताल, चौरजहारी (रुकुम पश्चिम) लगिएको थियो।

त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि नेपालगञ्जस्थित केयर सिटी अस्पताल पुर्‍याइएकामा उपचारकै क्रममा साउन २८ गते बिहान १:२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भेरी नगरपालिका-८ का ३३ वर्षीय वीरेन्द्र खत्री, वडा नं. ९ का २१ वर्षीय नीरज रोकाया, सोही वडाका २१ वर्षीय शिशिर योगी गोसाइँ, २४ वर्षीय लक्ष्मण रोकाया र २८ वर्षीय विनोद गोसाइँलाई साउन २९ गते पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूलाई जाजरकोट जिल्ला अदालतबाट 'कर्तव्य ज्यान' मुद्दामा पहिलो पटक १० दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट