Techie IT
२०८३ असोज १७, शनिबार

म्याद गुज्रिएका खाद्यान्नमा नक्कली लेबल गर्ने दुई जना पक्राउ


काठमाडौँ: म्याद गुज्रिएका खाद्यान्न सामाग्रीमा नयाँ म्याद राखेर (रि-लेबलिङ गरी) बिक्री वितरण गरिरहेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका-१५, तीनथानास्थित 'सिद्धिविनायक खाद्य स्टोर' मा गरेको स्थलगत अनुगमनका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-१ घर भई हाल तीनथाना बस्ने ४० वर्षीय विजेन्द्र साह र पर्साको बिन्दावासिनी गाउँपालिका-२ घर भई हाल सोही स्थानमा बस्ने ४९ वर्षीय अखिलेस प्रसाद कलवार रहेका छन्।

अनुगमनका दौरान उक्त स्टोरमा म्याद नाघेका खाद्य वस्तुहरूमा नयाँ मिति टाँस्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी खुला बजारमा पठाउने अवैध धन्दा चलिरहेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि खाद्य स्वच्छता तथा उपभोक्ता संरक्षण ऐन बमोजिम थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट