Techie IT
२०८३ असोज २३, शुक्रबार

स्ववियु सचिव बुढा र सभापति खड्कासहितका विद्यार्थी नेता पक्राउ


त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. भोला थापामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सचिव हिक्मत कुमार बुढा, अमृत साइन्स (आरआर) क्याम्पसका स्ववियु सभापति लोकेश खड्कालगायत अन्य विद्यार्थी नेता रहेका छन्। उनीहरूलाई अहिले महानगरीय प्रहरी परिसर, भद्रकालीमा राखिएको छ।

त्रिविको सिनेट बैठकपछि विश्वविद्यालय प्रशासनले स्ववियू खारेज गर्ने तयारी गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरूले उपकुलपति थापाविरुद्ध कडा विरोध प्रदर्शन गरेका थिए। सोही क्रममा उपकुलपतिमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु उपाध्यक्ष सनम वलीका अनुसार, आन्दोलित विद्यार्थी नेताहरूलाई त्रिवि उपकुलपतिको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट