Techie IT
२०८३ असोज २३, शुक्रबार

काठमाडौँमा भोलि र पर्सि विद्युत् आपूर्ति प्रभावित हुने


काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य तीव्र पारिएको छ।

यसैक्रममा, शनिबार र आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार (कन्डक्टर) जडान गर्ने कार्य हुँदैछ। यसले गर्दा उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले जानकारी दिएका छन्।

बढ्दो विद्युत् मागको व्यवस्थापन गर्दै प्रसारण प्रणालीलाई अझ सक्षम र दिगो बनाउन यो कार्य अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्रीले भनेका छन्, “आजको असुविधा भोलिको भरपर्दो विद्युत् सेवाका लागि हो।”

निर्धारित समयमै काम सम्पन्न गर्न सम्पूर्ण प्राविधिक तयारी पूरा गरिएको बताउँदै मन्त्री श्रेष्ठले यसबाट सेवाग्राही तथा उपभोक्ता वर्गमा पर्न जाने अस्थायी असुविधाप्रति क्षमासमेत मागेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट