हतियार देखाएर स्टन्टबाजी गर्दा युवक परे प्रहरी फन्दामा
सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार (खुकुरी) देखाएर डरत्रास फैलाउने किसिमको तस्बिर राखेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१३, धाताटोल निवासी १८ वर्षीय सुमन पटेललाई आइतबार साँझ उनकै घरबाट नियन्त्रणमा लिइएको हो।
प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकास खनालका अनुसार पटेलले फेसबुकमा खुकुरी प्रदर्शन गरी सर्वसाधारणमा त्रास सिर्जना गर्ने मनसायले तस्बिर अपलोड गरेको अनुसन्धानबाट देखिएको छ। प्रहरी नियन्त्रणमा रहेका पटेलमाथि थप अनुसन्धान भइरहेको र प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस