Techie IT
२०८३ असोज २८, बुधबार

सुनसरीको देवानगञ्जबाट ५१ किलो गाँजासहित मोटरसाइकल बरामद


सुनसरीको देवानगञ्ज गाउँपालिका-४, कप्तानगञ्ज मेहता टोलबाट प्रहरीले मङ्गलवार राति करिब ५१ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

नेपालबाट भारततर्फ जाँदै गरेको BR 50 AH 1913 नम्बरको भारतीय मोटरसाइकललाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो। इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालक भने सवारीसाधन छाडेर फरार भएका थिए।

फरार चालकको खोजी तीव्र पारिनुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट