Techie IT
२०८३ कार्तिक १०, सोमबार

ससुरालीमा ज्वाइँको अन्धाधुन्ध खुकुरी प्रहारबाट श्रीमतीसहित चारजना गम्भीर घाइते


खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३, आहालेस्थित ससुराली घरमा गएर एक व्यक्तिले धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चारजना गम्भीर घाइते भएका छन्।

स्थानीय ४३ वर्षीय नइन्द्र कुमार राईले घरायसी विवादका क्रममा अचानक धारिलो हतियार चलाउँदा ससुराली परिवारका सदस्यहरू घाइते भएका हुन्।

हतियार प्रहारबाट ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई र २५ वर्षीया तेनिना राईको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। उनीहरू तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका अर्का स्थानीय नरेन्द्र राईको दाहिने हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम छ।

घाइते सबैको नगर अस्पताल दुर्छिममा उपचार भइरहेको छ। हतियार प्रहार गर्ने नइन्द्र कुमार राईलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिई घटनाको कारणबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट