Techie IT
२०८३ श्रावण ७, बिहीबार

स्वस्थानी व्रतको विशेष दिन, पनौतीको त्रिवेणीमा व्रतालुहरूद्वारा स्नान


पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदीमा स्नान गरेका छन्।

एक महिना लामो माधवनारायण–स्वस्थानी व्रत बस्ने व्रतालुहरूले परम्परागत प्रदेश यात्राअन्तर्गत आज त्रिवेणीमा स्नान गरी माधवनारायणको पूजा अर्चना गरेका हुन्।

धार्मिक विश्वासअनुसार माधवनारायणको पूजा नगरेसम्म स्वस्थानी व्रत अधुरो मानिन्छ। पुस शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म चल्ने यो व्रतले सुख, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास रहँदै आएको छ।

तस्वीर: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट