Techie IT
२०८२ मंसिर ७, आइतबार

नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध


वर्षाका कारण नारायणघाट–मुग्लिन सडकखण्डमा काठमाडौँतर्फको सवारी आवागमन अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखरातर्फको यातायात भने नियमित सञ्चालनमा रहेको छ।

प्रहरीका अनुसार मुग्लिन–धादिङतर्फको जबाङ खोलामा गएको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध भएको हो। अहिले पहिरो पन्छाउने काम जारी छ र मौसम अनुकूल भएलगत्तै सडक खोल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, नारायणघाट–मुग्लिन–पोखरातर्फको सडक भने अहिले खुला रहेको छ। प्रहरीले मनसुन सक्रिय रहेकाले उक्त सडकखण्डमा जतिबेला पनि पुनः अवरोध हुन सक्ने भन्दै सवारी चालक र यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट