Techie IT
२०८३ श्रावण २४, आइतबार

देशका विभिन्न स्थानमा भारी वर्षाको चेतावनी


देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल देशभर साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशका केही तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोको मौसम
दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना छ। पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ भने लुम्बिनी, सुदूरपश्चिम, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज रातिको मौसम
राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। कोशी, गण्डकी, लुम्बि尼 र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ। मधेश, कर्णालीको पहाडी तथा बागमती प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका साथै बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट