Techie IT
२०८३ कार्तिक १, शनिबार

आज यी स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना


नेपाल मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली (बादल लाग्ने) रहनेछ भने बाँकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ।

त्यस्तै, देशका पहाडी भूभागका साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

विभागका अनुसार देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने भए पनि बाँकी पहाडी भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ। साथै, रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट