आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आज देशका चारवटा प्रदेश कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा दिउँसो आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका साथै देशका बाँकी तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यसैगरी, राति र बिहानपख तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस