Techie IT
२०८३ भाद्र १, सोमबार

पृथ्वी राजमार्ग अवरुद्ध: पहिरो पन्छाएर बाटो खुलाउने प्रयास जारी


File Photo

धादिङको गजुरी गाउँपालिका–२, चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

सोमबार बिहान ५:४५ बजे सडकमाथिबाट सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। अचानक खसेको पहिरोका कारण सो सडक खण्ड भएर चल्ने सवारीसाधन पूर्ण रूपमा ठप्प भएका छन्।

हाल पहिरो हटाएर अवरुद्ध राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट