Techie IT
२०८३ असोज ९, शुक्रबार

पाल्पामा पहिरोले दुईघर पुरिए, ५९ वर्षीया महिला बेपत्ता


अविरल वर्षाका कारण पाल्पाको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङ गोलफानमा खसेको पहिरोले दुईवटा घर पुर्दा एक महिला बेपत्ता भएकी छिन्।

माथिबाट आएको लेदोसहितको पहिरोले स्थानीय केसुराम सारु मगरको ढुङ्गामाटोले बनेको जस्तापाताको तीनतले कच्ची घर पूर्ण रूपमा पारेको हो। घटनामा परी केसुरामकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु घरभित्रै पुरिएर बेपत्ता भएकी छन्। यद्यपि, घरमा रहेका परिवारका अन्य सदस्यहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ।

घटनास्थलभन्दा करिब २ सय मिटर माथि रहेको मोटरबाटोबाट पहिरो र लेदो निरन्तर बगिरहेका कारण बेपत्ता महिलाको खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ। हाल बेपत्ता कृष्णकुमारीको खोजी र उद्धारका लागि स्थानीयवासी र सुरक्षाकर्मीद्वारा आवश्यक पहल जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट