पाल्पामा पहिरोले घर पुरिदा तीन जना बेपत्ता
लगातारको अविरल वर्षाका कारण पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। माथागढी गाउँपालिका–३ भसकट्टामा आज बिहान गएको पहिरोमा परी स्थानीयको घर पुरिएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बिहान खसेको पहिरोले स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको घर पूर्ण रूपमा पुटेको छ।
बेपत्ता हुनेहरू:
पहिरोमा परी घरधनी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको विशेष टोली तत्काल घटनास्थलतर्फ खटाइएको छ। हाल प्रहरी र स्थानीयवासीको सहयोगमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस