Techie IT
२०८३ असोज २८, बुधबार

वैशालीमा डुङ्गा दुर्घटना हुँदा १३ बालबालिकाको मृत्यु


भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा पर्ने गंगा नदीमा क्षमताभन्दा बढी यात्रु बोकेको सानो डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकासहित १४ जनाको दुःखद निधन भएको छ। मङ्गलबार राति ८ बजेतिर रामपुर श्यामचन्द गाउँका बासिन्दाहरू नदीपारि भगतान टोलस्थित सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभागी हुन जाँदै गर्दा सो दुर्घटना भएको हो। 

करिब २५ देखि ३० जना सवार रहेको उक्त डुङ्गा नदीको बीचभागमा पुगेपछि अनियन्त्रित भई पल्टिएको स्थानीय प्रशासनले जनाएको छ। डुङ्गामा सवार अधिकांश यात्रु १५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिका रहेका थिए।

घटनालगत्तै रातभर जारी राखिएको उद्धार कार्यमा राज्य विपद् प्रतिकार्य बल (SDRF), स्थानीय प्रहरी र गोताखोरहरूको टोली परिचालन गरिएको थियो। वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार दुर्घटनास्थलबाट १३ जनाको शव फेला पारिएको छ भने उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि नालन्दा मेडिकल कलेज तथा अस्पतालका साथै पटना पठाइएको छ। 

राघोपुर संसदीय क्षेत्रका प्रतिनिधि एवम् आरजेडी नेता तेजस्वी यादवले १४ जनाको शव भेटिएको दाबी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दुर्घटनाको अवस्था बुझ्न अस्पताल पुगेकी जिल्ला अधिकारी सिंहविरुद्ध आक्रोशित स्थानीयवासीले नाराबाजीसमेत गरेका थिए।

यसैबीच, बिहारका मुख्यमन्त्री सम्राट चौधरीले घटनाप्रति गहिरो शोक व्यक्त गर्दै मृतकका परिवारलाई राज्य सरकारका तर्फबाट प्रतिपरिवार ४ लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्। उता, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई 'अत्यन्तै पीडादायी' भन्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ अनुग्रह सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट