बझाङमा करेन्ट लागेर ३० वर्षीय धामीको मृत्यु
बझाङको दुर्गाथली गाउँपालिका–४ मा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका स्थानीय सुरेश धामी रहेका छन्।
स्थानीय धनराज धामीका अनुसार शनिबार दिउँसो घरको काम गर्ने क्रममा अकस्मात विद्युत् प्रवाह (करेन्ट) भई उनको मृत्यु भएको हो। घटनाबारे जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय बझाङको प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया तथा मुचुल्का उठाउने कार्य गरिरहेको छ। प्रहरीले घटनाको थप विवरण र अनुसन्धान अघि बढाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस