सुनको मूल्यमा गिरिवट, कतिमा हुदैछ आज कारोवार ?
नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। केही समययता लगातार उकालो लाग्दै आएको सुनचाँदीको मूल्यमा आज ठुलो गिरावट भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले घटेको छ।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४ हजार ५८० रुपैयाँ कायम भएको छ।
यसअघि, गत मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो। एकैदिन ठुलो अंकले मूल्य घटेसँगै सुनचाँदी खरिद गर्ने उपभोक्ताहरूलाई केही राहत महसुस भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस