Techie IT
२०८३ असोज १४, बुधबार

दसैं लक्षित नयाँ नोट वितरण नगरिने, नियमित काउन्टरबाटै सटही सुविधा दिइने


नेपाल राष्ट्र बैंकले यसपालि दसैंलाई लक्षित गरेर विशेष मिति तोकी नयाँ नोट वितरण गर्ने पुरानो अभ्यास अन्त्य गरेको छ। 

अबदेखि केन्द्रीय बैंकले नियमित कार्यालय समयमै खुद्रा तथा सुकिला नोट सटहीको सुविधा उपलब्ध गराउने भएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार यसपालिदेखि दसैंलक्षित नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगरिने भएको छ। “दसैंका बेला नोटको माग अत्यधिक हुने भए पनि यसलाई कुनै विशेष पर्वभन्दा पनि बजारको मागअनुसार नियमित सेवाको रूपमा उपलब्ध गराउने नीति लिइएको छ” दाहालले भने।

राष्ट्र बैंकको बैंकिङ काउन्टरमा नोट साट्न जानेले हाल दुई बन्डलसम्म नोट सटही सुविधा पाउनेछन् (एक बन्डलमा ५, १०, २०, ५० र १०० दरका नोटका दरले १०० थान हुन्छ)। केन्द्रीय बैंकसँग पर्याप्त नोट रहेकोले नयाँले पुगुन्जेल नयाँ र नपुगेको खण्डमा सुकिला नोटसमेत वितरण गर्ने योजना छ।

प्राकृतिक विपत्तिका कारण धेरै सर्वसाधारणका लागि यसपटक दसैं उल्लासपूर्ण नभएकाले पनि विगतको जस्तो तामझामका साथ नयाँ नोट वितरण नगरिएको बैंकले स्पष्ट पारेको छ। सर्वसाधारणले राष्ट्र बैंकको काउन्टरका साथै बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट समेत यस्तो सुविधा लिन सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट