दसैँका बीच सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको सुनुवाइ हुने
सर्वोच्च अदालतले बडादसैँको बिदाको समयमा पनि बन्दीप्रत्यक्षीकरणका रिट निवेदनमाथि सुनुवाइ गर्ने भएको छ । बन्दीप्रत्यक्षीकरणको सुनुवाइलाई सहज बनाउन सर्वोच्च अदालतले मातहतका उच्च र जिल्ला अदालतहरूलाई समेत परिपत्र (सर्कुलर) जारी गरेको छ।
सर्वोच्च अदालतको क्यालेन्डरअनुसार आगामी असोज २५ गते घटस्थापनादेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ८ गतेसम्म अदालत बन्द रहनेछ। यस अवधिमा घटस्थापना, शनिबार र विजयादशमीका दिन भने अदालत पूर्ण रूपमा बन्द रहनेछ।
तर, अन्य सार्वजनिक बिदाका दिनहरूमा भने गैरकानूनी थुनाको दाबी लिँदै सेवाग्राहीले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गर्न सक्नेछन्। सर्वोच्च प्रशासनका अनुसार दसैँ बिदाको अवधिमा रिट दर्ता तथा सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने व्यवस्था मिलाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस