Techie IT
२०८३ असोज २४, शनिबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पौडेल पक्राउ


बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका–४ का ४८ वर्षीय शैलेस पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत भरतपुर, चितवनबाट पक्राउ अनुमति (पुर्जी) जारी भएपछि फरार रहँदै आएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार चाँगुनारायणबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पौडेललाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन (भरतपुर) पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट