एमाले केन्द्रीय कार्यालयबाट एकाएक फिर्ता गरिए सुरक्षाकर्मी
सरकारले ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको छ। लामो समयदेखि एमाले केन्द्रीय कार्यालयको सुरक्षामा तैनाथ रहेका सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूलाई सोमबारदेखि एकाएक फिर्ता बोलाइएको हो।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सोमबारदेखि कार्यालय सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीहरू फर्किसकेका छन्। तर, सरकारले के-कति कारणले सुरक्षाकर्मी हटाएको हो भन्ने विषयमा केही नखुलेको आचार्यले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस