Techie IT
२०८३ श्रावण ३, आइतबार

डा. पाण्डेले नागरिक स्वतन्त्रता र गणतन्त्रका लागि पुर्‍याएको योगदान इतिहासमा अमर रहनेछ – प्रचण्ड


पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

डा. पाण्डेको भनाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, "नेपालको शान्ति प्रक्रिया, लोकतान्त्रिक गणतन्त्रको स्थापना, नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारका पक्षमा डा. पाण्डेले पुर्‍याउनुभएको अतुलनीय योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहनेछ।"

प्रचण्डले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा हार्दिक समवेदना समेत प्रकट गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट