Techie IT
२०८३ श्रावण ७, बिहीबार

एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढ्यो – प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लो समय वामपन्थी शक्तिहरूबीच पुनः सहकार्यको अनुकूल वातावरण बनेको दाबी गरेका छन्।

जनकपुरधाम विमानस्थलमा मङ्गलवार साँझ सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा (एमाले) बीच सहकार्यको प्रक्रिया औपचारिक रूपमै अगाडि बढेको स्पष्ट पारे।

तीन दलबीच भइरहेको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको उल्लेख गर्दै उनले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि निरन्तर छलफल भइरहेको जानकारी दिए।

नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका संयोजक दाहालले अब पार्टीको वैचारिक प्रशिक्षण र सङ्गठन सुदृढीकरणलाई तीव्रताका साथ अघि बढाइने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट