Techie IT
२०८३ भाद्र २३, मंगलबार

उपलब्धि निमिट्यान्न पार्ने षड्यन्त्र भइरहेको छ - प्रचण्ड


नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिलाई निमिट्यान्न पार्ने षड्यन्त्र भइरहेको बताएका छन्।

शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’ को २७औँ स्मृति सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूबाट गणतन्त्रविरोधी चलखेल जारी रहेको बताए। उनले शहीदहरूको सपनालाई आत्मसात् गर्दै प्राप्त परिवर्तनको रक्षाका लागि नयाँ सङ्कल्प र ऊर्जाका साथ दृढतापूर्वक उभिनुपर्नेमा जोड दिएका थिए ।

प्रचण्डले भने, “प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ सङ्कल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ।”

सो अवसरमा उनले २०५६ सालमा गोरखामा सहादत प्राप्त गरेका शहीद वाग्ले र पोखरेलको बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन ऐतिहासिक भूमिका खेलेको स्मरण गरे। उनीहरूको त्याग नेपाली क्रान्तिकारी आन्दोलनमा सधैँ प्रेरणाको स्रोत रहने उनको भनाइ थियो।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट