बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन शाहले बूढीगण्डकी नदीको बाढी प्रभावित क्षेत्रबाट पहिरोको जोखिममा परेका ६ जनाको हवाई उद्धार गरिएको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा थलमार्गबाट निरन्तर खटिएको बताएका छन्। सोही क्रममा उच्च जोखिममा रहेको गोरखाको जगत इलाकाबाट ६ जनाको हवाई साधनमार्फत सकुशल उद्धार गरिएको हो।
प्रधानमन्त्री शाहका अनुसार काठमाडौँमा रहेको संयुक्त द्रुत प्रतिक्रिया टोली (Joint Rapid Response Team) समेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ भइसकेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा बासिन्दाको सुरक्षित स्थानान्तरणका लागि हेलिकोप्टरसहितका पर्याप्त साधन परिचालन गरिएको उनले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस