राजनीतिक उपलब्धि जोगाउन बलिदानसम्म दिन तयार हुनुपर्छ: प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको चौतर्फी विकास र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि देशका सम्पूर्ण राजनीतिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा, द्रुत आर्थिक-सामाजिक विकास तथा विपद्को समयमा सबै दलबीच दलीय स्वार्थभन्दा माथि उठेर सहकार्य हुनुपर्ने बताए। सो क्रममा उनले हाल छरिएर रहेका सम्पूर्ण कम्युनिस्ट घटकहरूलाई समेत एकै ठाउँमा आउन आह्वान गरे।
क्रान्ति र सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि चुनौती थपिएको उल्लेख गर्दै संयोजक प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति पार्टीका नेता तथा कार्यकर्ताहरू जुनसुकै बलिदान दिन पनि तयार रहनुपर्ने स्पष्ट पारे।



तपाईको प्रतिक्रिया दिनुहोस