अब सबै विमानस्थलमा नेपाल टेलिकमको फ्रि वाईफाई चलाउन पाइने
नेपाल टेलिकमले देशभरका विमानस्थलहरूमा यात्रु लक्षित फ्रि वाईफाई इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत टेलिकमले सञ्चालनमा ल्याएको यो सेवा हाल देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा विस्तार गर्ने लक्ष्य राखिएको छ।
यो सेवा कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको हो। सेवाको उद्घाटन नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले संयुक्त रूपमा गरे। प्रारम्भिक चरणमा यो सुविधा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सञ्चालनमा आएको छ।
टेलिकमका अनुसार फ्रि वाईफाई सेवाको कभरेज क्षेत्रमा विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज र प्रतीक्षालय लगायतका स्थानहरू समावेश छन्।
नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) बीच भएको सम्झौताअनुसार, देशभरका ३ अन्तर्राष्ट्रिय र ३४ आन्तरिक विमानस्थलहरूमा चरणबद्ध रूपमा यो सेवा विस्तार गरिँदैछ।
सेवाको पहुँच भएका स्थानमा SSID: “NT-CAAN Free WiFi” मा कनेक्ट गरी आवश्यक निर्देशन पूरा गरेपछि नि:शुल्क इन्टरनेट सेवा उपयोग गर्न सकिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस