Techie IT
२०८३ जेष्ठ १०, आइतबार

चन्द्रमाबाट फर्किंदै नासाको ऐतिहासिक मिशन


अमेरिकी राष्ट्रिय अन्तरिक्ष संस्था नासाको हालको चन्द्र अभियानमा सहभागी चालक दलले मङ्गलबार १० दिने यात्रा पूरा गर्दै पृथ्वी फर्किने चरण सुरु गरेको छ।

यसैबीच, संस्थाले सोमबार चन्द्रमाको नजिकबाट खिचिएका पहिलो तस्बिरहरू सार्वजनिक गरेको छ। साथै, अन्तरिक्ष यान आगामी अप्रिल १० मा प्रशान्त महासागरको क्यालिफोर्नियाको सान डिएगो नजिक अवतरण हुने जानकारी दिएको छ।

अन्तरिक्ष यानको झ्यालबाट खिचिएको पहिलो तस्बिरमा चन्द्रमाको गड्ढायुक्त सतहको पृष्ठभूमिमा बादलले ढाकिएको हल्का नीलो पृथ्वी देखिन्छ। तस्वीरमा देखिएको पृथ्वीको अँध्यारो भागमा रात परेको छ भने उज्यालो भागमा अष्ट्रेलिया र ओशिनिया क्षेत्रमाथि घुमिरहेका बादलहरू स्पष्ट देखिन्छन्। अग्रभागमा चन्द्रमाको गड्ढायुक्त सतह प्रष्ट देखिन्छ।

दोस्रो तस्बिरमा भने चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाकेको दृश्य कैद गरिएको छ। यही अभियानले मानव इतिहासमा पृथ्वीबाट सबैभन्दा टाढा यात्रा गर्ने कीर्तिमान पनि तोडेको छ। चालक दलले आफ्नो अन्तरिक्ष यानमार्फत करिब ४ लाख १७१ किलोमिटर दूरी पार गर्दै सन् १९७० मा कायम गरिएको पुरानो रेकर्डलाई उछिनेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट