एपिएफलाई हराउँदै महिला बास्केटबलको फाइनलमा कर्णाली
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको ‘थ्री अन थ्री’ (3x3) विधामा आयोजक कर्णाली प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
सुर्खेतस्थित प्रदेश रङ्गशालामा आज सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा कर्णालीले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ११–१० को झिनो अङ्क अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
फाइनल यात्रा तय गरेसँगै घरेलु टोली कर्णालीले कम्तीमा रजत पदक सुनिश्चित गरेको छ । कर्णालीको यो ऐतिहासिक सफलताप्रति कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले महिला टोलीलाई बधाई तथा फाइनल खेलका लागि शुभकामना व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस