Techie IT
२०८३ कार्तिक ७, शुक्रबार

आजको मौसम कस्तो रहला ?


हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभरको मौसम मुख्यतया सफा रहे पनि तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने गरेको छ।

दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली (बादल लाग्ने) हुनेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी कर्णाली प्रदेशका हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भू-भाग र तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट