काठमाडौंका यी स्थानबाट आइतबार सहजै ग्यास पाइने
खाना पकाउने एलपी ग्यासको अभाव झेल्दै आएका उपभोक्ताहरूलाई तत्काल राहत दिन नेपाल आयल निगमले भोलि आइतबार काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ग्यास उद्योगीहरूसँगको समन्वयमा साउन ३१ गते आइतबार बिहान ११:०० बजेदेखि साँझ ५:०० बजेसम्म विभिन्न ब्रान्डका ग्यासहरू बिक्री वितरण गर्न लागिएको निगमले जनाएको छ।
नियमित बिक्रेतामार्फत ग्यास पाउन नसकी चरम अभावमा परेका अति आवश्यक उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रमाणपत्रसहित तोकिएको केन्द्रमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन्।
ग्यास वितरण हुने स्थान र उपलब्ध ब्रान्डहरू
१. निगमको टेकु परिसर: नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम र सगर
२. पशु सेवा शाखा, चपली (बुढानीलकण्ठ): नेपाल, एचपी र भानु
३. राधास्वामी परिसर (कीर्तिपुर): नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
४. नयाँ बजार जुडो हल परिसर: नेपाल, एचपी र ओम
५. तारकेश्वर नगरपालिका परिसर: नेपाल र एचपी
६. चन्द्रागिरि नगरपालिका कार्यालय: लोकप्रिय, नेपाल, एचपी र श्रीमाया
७. राष्ट्रिय क्षयरोग केन्द्र (ठिमी): नेपाल, एचपी, सूर्य, सगर, एभरेष्ट/सुगम र एसटीसी
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र सामान्य बिक्रेताहरूबाट पनि वितरण जारी रहेको स्पष्ट पारेको छ। तसर्थ, साँच्चै समस्यामा परेका तथा अति आवश्यक उपभोक्ताहरूलाई मात्र यी तोकिएका केन्द्रहरूमा उपस्थित हुन निगमले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस