Techie IT
२०८३ असोज १८, आइतबार

रुपन्देहीमा गोली प्रहारबाट एक युवक घाइते


Gun Fire

रुपन्देहीमा पेस्तोलबाट गोली प्रहार गरी एक व्यक्तिलाई घाइते बनाएको अभियोगमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह नगरपालिका–४ बस्ने ४२ वर्षीय दीपक खरेल (दुर्गा प्रसाद खरेल) ले गोली प्रहार गरेका हुन्।

घटनामा बुटवल उपमहानगरपालिका–९ मिलनचोक बस्ने २२ वर्षीय रायन खत्री घाइते भएका छन्। असोज १७ गते दिउँसो पौने ४ बजे भएको उक्त घटनामा खरेलले प्रहार गरेको गोली खत्रीको दाहिने गालाको छाला खोसिएर लागेको छ। घाइते खत्रीको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरेनीबाट खटिएको टोलीले मुख्य आरोपी दीपक खरेललाई एक थान पेस्तोल र दुई राउण्ड गोलीसहित नियन्त्रणमा लिएको छ।

त्यस्तै, घटनाको अनुसन्धानको क्रममा प्रहरीले देवदह नगरपालिका–४ मितेरी गाउँ बस्ने ३८ वर्षीय कमल शर्मा र सोही स्थानका २६ वर्षीय अमृत खरेललाई समेत पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनामाथि प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट