Techie IT
२०८३ असोज २९, बिहीबार

केटी जिस्काएको निहुँमा गोली चलाउने ५ जना पक्राउ


सुनसरीको देवानगन्ज गाउँपालिका–१, मध्येहर्षाहीमा भएको गोली प्रहार घटनामा संलग्न पाँच जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। 'केटी जिस्काएको' निहुँमा स्थानीय २४ वर्षीय नीरजकुमार यादवमाथि गोली चलाएर फरार भएका उनीहरूलाई सीमाक्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

गत असोज ३ गते साँझ देवानगन्ज–१ स्थित बीपी चोकनजिकै रहेको लक्ष्मीनारायण मन्दिरअगाडि यादवमाथि गोली प्रहार भएको थियो। घटनापछि फरार रहेका आरोपितहरूलाई भारतसँग सीमा जोडिएका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

पक्राउ पर्नेहरूमा देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव, २६ वर्षीय जयकृष्ण यादव (लाली), २७ वर्षीय कुन्दन यादव, २६ वर्षीय रणधीर यादव र २३ वर्षीय सुशील यादव रहेका छन्।

प्रहरीका अनुसार नेपाल-भारत सीमाक्षेत्रमा लुकेर बसिरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट