Techie IT
२०८३ भाद्र १५, सोमबार

एसीसी प्रिमियर कप: बहराइविरुद्ध लामिछानेले लिए एकै ओभरमा दुई विकेट


तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप अन्तर्गत बहराइनविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सानदार बलिङ प्रदर्शन गरेका छन्। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभल मैदानमा जारी खेलमा कप्तान सन्दीपले घातक बलिङ गर्दै आफ्नो एकै ओभरमा दुई महत्वपूर्ण विकेट हात पारेका हुन्।

खेलको १२ औँ ओभरमा बलिङ गर्न आएका सन्दीपले ओभरको पहिलो बलमै ओपनर अहमर बिन लासिनलाई आउट गर्दै नेपाललाई सफलता दिलाए। त्यसपछि सोही ओभरको चौथो बलमा उनले बहराइनका अर्का ब्याटर शुजत रसुल खानलाई पनि पवेलियनको बाटो देखाए।

सन्दीपको यो उत्कृष्ट स्पेलसँगै बहराइन दबाबमा आएको छ। समाचार तयार पार्दासम्म बहराइनले १३.१ ओभरमा ५ विकेट गुमाएर मात्र ४३ रन बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट