Techie IT
२०८३ भाद्र २०, शनिबार

इरानको माउन्ट कलांगमाथि अमेरिकाले छिट्टै हमला गर्छ : राष्ट्रपति ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमा रहेको माउन्ट कलांग (कलांग पर्वत) माथि चाँडै हमला गर्न सक्ने चेतावनी दिएका छन्।

बीबीसीका अनुसार शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले नतान्ज परमाणु संयन्त्र नजिकै अवस्थित कलांग पर्वतमा गहिरा सुरुङसहितको बलियो किल्लाबन्द सैन्य संरचना रहेको खुलाएका छन्।

इरानसँग जारी अमेरिकी सैन्य कारबाहीलाई ‘युद्ध’ भन्दा पनि ‘सैन्य सङ्घर्ष’ को संज्ञा दिँदै ट्रम्पले अमेरिकाका लागि यो ठूलो विषय नभएको दाबी गरेका छन्। उनका अनुसार इरानसँगको जारी सङ्घर्षका क्रममा हालसम्म अमेरिकाले १८ जना सैनिक गुमाएको छ।

विगतको भियतनाम युद्धसँग तुलना गर्दै उनले भने, ‘भियतनाममा हामीले एक लाख मानिस गुमाएका थियौँ।’ यसअघि भेनेजुएलामा गरिएको अमेरिकी कारबाहीमा भने कुनै पनि अमेरिकी सैनिकको ज्यान नगुमेको उनले दाबी गरे।

यसअघि अमेरिकी उपराष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका जेडी भान्सले पनि इरानमा महिनौँदेखि जारी अमेरिकी सैन्य कारबाहीलाई 'युद्ध' नभई 'सैन्य सङ्घर्ष' भन्नुपर्ने धारणा व्यक्त गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट