जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा अविरल वर्षापछि गएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने ३ जना सम्पर्कविहीन भएका छन्। हिजो दिउँसोदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमा परेर धनजनको क्षति भएको छ। घटनालगत्तै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्र...